अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ

सप्तरी । भारतबाट अवैध रुपमा चाँदी भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम रहेका छन् ।
उनलाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका आलमलाई बरामद गरिएको चाँदीसहित राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।