संसद् विघटनको मुद्दामा सर्वोच्चले सही फैसला गर्छः प्रचण्ड

तु खबर संवाददाता
२०७७ फाल्गुन ११,मंगलवार १४:४६
file-photo

काठमाडौं । प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउँदै सो कुरा बताएका हुन् । उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेको आरोप लगाउँदै भने, ‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*