अविस्वासको प्रस्ताव खेपिरहेका मुख्यमन्त्री पौडेल आन्तरिक बैठक र सभामा व्यस्त

तु खबर संवाददाता
२०७७ फाल्गुन ११,मंगलवार १४:१७
फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आजभोलि प्रायः सभा/समारोह तथा कार्यक्रममा भेटिने गरेका छन् । आफ्नो नेतृत्वको सरकारले जनमुखी काम गरेको दावी गर्दै उनी विभिन्न सभा/समारोहमा भाषण गरिरहेका हुन्छन् ।

आफु नेतृत्वको सरकारले भौतिक तथा सामाजिक विकासको काममा गतिलै फड्को मारेको भन्दै उनी समारोहलाई सम्बोधन गरिहेका हुन्छन् ।

बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्रीले सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेशसभाको बैठक बारम्बार स्थगित गर्न दवाव दिएको विपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् ।

सो आरोपसंगै अविस्वासको प्रस्ताव खेपिरहेका मुख्यमन्त्रीलाई सभा/समारोहमा जान भ्याइनभ्याई छ । उनका स्वकीय सचिव अनुप पौडेलले मुख्यमन्त्री पौडेल आजभोलि सभा/समारोह र आन्तरिक बैठकमा व्यापक सहभागि हुने गरेको तु खबरलाई बताए ।
स्वकीय पौडेलका अनुसार सोमबार चितवनको सभालाई सम्बोधन गर्न पुगेका मुख्यमन्त्री मंगलवार गृहजिल्लाकै थाहा नगरपालिकामा आयोजित एक कार्यक्रममा पुगेका छन् ।

‘आजभोली मुख्यमन्त्री ज्यू, विभिन्न जिल्लाका कार्यक्रम तथा आन्तरिक बैठकमा पुग्ने गर्नुभएको छ ।’ स्वकीय पौडेलले भने ।

अविस्वासको प्रस्तावको विषयमा विभिन्न दलहरुसंग आन्तरिक छलफल भइरहेको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते नेकपाको प्रचण्ड–माधव समूहका ४५ जना सदस्यहरुको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*