प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद्को बैठक

तु खबर संवाददाता
२०७७ फाल्गुन ११,मंगलवार ०८:२८
file-photo

मकवानपुर । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । विहान ९ बजेका सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ ।

परिषद्का सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भनेका छन् । आजको बैठकबाट निर्णय गर्नुपर्ने खास कारण नभएको उनको भनाई छ ।

राष्ट्रिय विपद् र सुरक्षामा खतरा पैदा भएको अवस्थामा सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषद्को बैठक बस्ने गर्दछ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने गर्दछ । आज बैठक बोलाउनुको उद्देश्य भने खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*