संविधानप्रति असन्तुष्टि हुँदाहुँदै प्रतिरक्षामा उत्रिनु परेको छ–उपेन्द्र यादव

तु खबर संवाददाता
२०७७ फाल्गुन १०,सोमबार १७:३५
file-photo

जनकपुर । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानप्रति व्यापक असन्तुष्टि भएपनि प्रतिरक्षामा उत्रिनु परेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित ‘मुस्लिम समुदायको समस्या तथा समाधान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सो कुरा बताएका हुन् ।

‘यो संविधानप्रति हाम्रा धेरै असन्तुष्टि छन् । तर, यही संविधानले संघीयता, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता लगायतका उपलब्धि दिएको छ,’ उनले भने, ‘त्यसैले असन्तुष्टिका बाबजुद यी उपलब्धि गुम्न नदिन संविधानको प्रतिरक्षामा उत्रिनु परेको छ । ’

उनले विश्वकै उत्कृष्ट संविधान भन्नेहरू नै अहिले संविधान मास्ने बाटोतर्फ अग्रसर भएको बताए ।

अध्यक्ष यादवले भने, ‘वर्तमान सरकार संघीय प्रणाली समाप्त पार्ने षड्यन्त्रमा लागेको छ । त्यसैले संघीय प्रणाली साझेदारीको प्रणाली भएकाले संरक्षण गर्ने दायित्व सबैको हो, ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*