पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटना, ६ सैनिकको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन १०,सोमबार १५:०३
File Photo

मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ ।

सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।–सिन्ह्वा/एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*