ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम्तीमा दुई लाख पचास हजार

तु खबर संवाददाता
२०७७ फाल्गुन १०,सोमबार १५:००

एजेन्सी । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बिहानसम्ममा ब्राजिलमा यो भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५ सय ४ जनाको ज्यान गएको छ ।

यसरी यहाँका नागरिक यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्यामा २ लाख ५० हजारको नजिक पुगेको बताइएको छ । यहाँ यो संक्रमणबाट पछिल्लो समयमा धेरैको मृत्यु भएको पाइएको छ ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ५ सय २७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट नै मृत्यु भएको पाइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकैदिनमा भएको यो मृत्यु धेरै त होइन तर पनि यहाँ मृत्यु हुनेको संख्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन ।

त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि २९ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत सातासम्म यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको थियो तर अहिले भने यो संख्या घट्दै गएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका १ करोड १६ लाखभन्दा बढी नागरिक सङ्क्रमित फेला परिसकेका छन् ।–सिन्ह्वा/एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*