अहिलेको संकट समाधानको माध्यम निर्वाचन– कमल थापा

तु खबर संवाददाता
२०७७ फाल्गुन ९,आईतवार १५:०५
file-photo

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको बताएका छन् ।

आइतबार मिडिया नेपालद्वारा दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताए ।

अध्यक्ष थापाले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे ।

उनले भने, ‘निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।’

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिएपनि ३ वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक संकट आएको उनको भनाइ थियो ।

उनले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*