सर्वोच्चको फैसला सरकारको पक्षमा हुने मन्त्री भट्टको दाबी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले सरकारको पक्षमा नै फैसला गर्ने बताएका छन् ।
आइतबार कैलालीमा ओली पक्ष नेकपाको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सो कुरा बताएका हुन् ।
सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने दाबी गरे ।
उनले समय सिमाभित्रै निर्वाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताए ।
उनले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु परेको बताए ।
आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा विघटन गर्नु परेको उनको भनाई छ ।