अदातललाई धम्क्याउने र तर्साउने कार्यले गणतन्त्रलाई गाइजात्रा बनाए– कमल थापा

तु खबर संवाददाता
२०७७ फाल्गुन ९,आईतवार ०९:२४
file photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले गणतन्त्रलाई गाइजात्रा बनाइएको टिप्पणी गरेका छन् ।

थापाले सडक प्रदर्शन गरी दलका नेताले अदालतलाई धम्क्याउने तथा तर्साउने कार्य गरेको भन्दै सामाजिक संंजाल ट्वीटमार्फत  गणतन्त्रलाई गाइजात्रा बनाएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा जस्ता प्रसङ्ग उल्लेख गर्दै थापाले ट्विटरमा यस्तो टिप्पणी गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*