मानबबेचबिखन र बाल संरक्षणको विषयमा सेलर्ड र संचारकर्मीबीच अन्तरक्रिया

तु खबर संवाददाता
२०७७ फाल्गुन ८,शनिबार १६:०१

मकवानपुर । कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले मकवानपुरका संचारकर्मीहरुसँग मानवबेचविखन र बालसंरक्षणको विषयमा अभिमुखिकरणसहितको अन्तरक्रिया गरेको छ ।

मानवबेचबिखन, मानव तस्करी तथा ओसारपसार र बालसंरक्षण निकै संवेदनशील विषय भएको भन्दै संचारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्न सहयोग पुगोस् भन्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको सेलर्ड मकवानपुरका जगन्नाथ सुवेदीले जानकारी दिए ।

कार्यक्रममा मकवानपुरमा मानवबेचबिखन, मानव तस्करी र बालबालिकाको संरक्षणको अवस्थाबारे चर्चासमेत गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता राममणी गौतमले पीडितको अधिकार संरक्षण, क्षतिपूर्ति र पुनः स्थापना, पीडितको अधिकार, पीडितको अधिकार संरक्षणको व्यवस्था भएका कानूनहरु, पीडितको अधिकार संरक्षणका लागि नेपालको कानूनमा भएका व्यवस्था, पीडितको अधिकार, क्षतिपूर्ति सम्बन्धी व्यवस्था, फौजदारी कसुर तथा त्यसको लागि सजाय निर्धार र कार्यान्वयको अवस्थाबारे संचारकर्मीहरुलाई जानकारी दिएका थिए ।

काठमाडौँ स्कुल अफ ल का सह–प्राध्यापक कपिल अर्यालले बाल संरक्षण सम्बन्धी मूलभूत अवधारणाः बाल संरक्षण र मानव बेचबिखनसम्बन्धी प्रमुख राष्ट्रिय र अन्तराष्ट्रिय कानूनी व्यवस्था, बाल संरक्षणको मूलभूत अवधारणा, बाल संरक्षण र मानव बेचबिखनको पारस्परिक सम्बन्ध, बाल संरक्षण र मानव बेचबिखनविरुद्ध नेपालको अन्तराष्ट्रिय दायित्व, नेपालले अनुमोदन गरेका बाल संरक्षण र मानव बेचबिखन सम्बन्धी केपी प्रमुख राष्ट्रिय र अन्तराष्ट्रिय कानूनका व्यवस्था, बाल अधिकार र बाल संरक्षणसम्बन्धी नेपाली कानूनी व्यवस्था, मानव बेचबिखनविरुद्द नेपाली कानूनी व्यवस्था र स्थानीय सरकारको जिम्मेवारीबारे प्रश्ट पारेका थिए ।

कार्यक्रममा मानव अधिकारको सन्दर्भमा विश्वव्यापी परिभाषाहरुमा रहेका समानता, मानव बेचबिखन तथा ओसारपसारको विश्वव्यापी अवधारणा निर्माणका लागि बाधक रहेका कुराहरु, मानव बेचबिखन तथा ओसारपसारको अवधारणागत प्रष्टताका थाहा पाउनुपर्ने कुराहरु, संगठीत रुपमा हुने मानिसको ओसारपसार, मानव बेचबिखन र मानव तस्करीबीच भिन्नता, बेचबिखन र बेश्याबृतिबीचको भिन्नताबारे जानकारी गराइएको थियो ।

पूर्व संचारकर्मीसमेत रहेका केशव दुवाडीले उक्त विषयमा संचार क्षेत्र र संचारकर्मीको भूमिकाबारे चर्चा गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*