गोंगबु क्षेत्रका होटल व्यवसायीलाई सिदार्थ बैंकको क्यूआर कोड

तु खबर संवाददाता
२०७७ फाल्गुन ७,शुक्रबार १७:४३

काठमाडौँ । सिदार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको जनाएको छ ।

आज शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शम्भु नाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोड मार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् ।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*