एकैदिन एक हजारले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७७ फाल्गुन ७,शुक्रबार १५:०५
file-photo

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबाको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला ८९ हजार २ सयमा कारोबार भएकोे थियो ।

महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । बिहीबार १ हजार ३ सय ३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*