प्रजातन्त्र सुदृढिकरणको लागि शैली र सोचाई परिवर्तन गर्न आवश्यक छ– नेता बानियाँ

तु खबर संवाददाता
२०७७ फाल्गुन ७,शुक्रबार १०:५५

मकवानपुर । बागमती प्रदेश सभाका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरुले आफ्नो व्यवहार, शैली र सोचाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरुले आफ्नो व्यवहार, शैली र सोचाई परिवर्तन गरेर जनताप्रति जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोचनमा विचारधिन रहेको र उक्त अदालतबाट आएको निर्णयलाई सबै दलहरुले स्वीकार गरेर कार्यान्वयन गर्न आह्वान गरे ।

प्रदेश सरकारले प्रदेशमा सुशासन ल्याउन जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय गौरबको आयोजनाहरु कार्यान्वयन गर्न र जनताले पनि प्रदेश सरकार हाम्रै हो भन्ने भावना जगाउन सरकारको भूमिका निष्पक्ष र गतिशील हुनुपर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*