आइतबार सुनको भाउ घट्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी आइतबार चाँदीको भाउ भने बढेको छ । शुक्रबार तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।