शुक्रबार सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयामा कारोबार भइरहेको छ । यसअघि बिहिबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ प्रतितोला मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १ हजार ३ सय २० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।