बिहिबार सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७७ माघ २९,बिहीबार १४:५१
file-photo

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजको १३१५ रुपैयाँ तोकिएको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*