बिहिबार सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?

तु खबर संवाददाता
२०७७ माघ २२,बिहीबार १४:५५
file-photo

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै बिहिबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज भाउ घटेसँगै तेजावी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, आज चाँदीको भाउ पनि घटेको छ । बुधबार १ हजार ३२० रुपैयाँ कारोबार भएको चाँदी बिहिबार प्रतितोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*