तोलामा ६ सयले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, भाउ घटेसँगै बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले सस्तो भएको छ । मंगलबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधकार १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।