खुलेर आउँछन् महिलाहरु गर्भपतन गराउन

मकवानपुरमा एक महिनामा गर्भपतन गराउनेको संख्या १ सय
२०७४, १८ कार्तिक शनिबार १६:०४

हेटौंडा, २९ जेठ । मकवानपुरका १२ बटा सरकारी मान्यता प्राप्त सुरक्षित गर्भपतन केन्द्रमा गर्भपतन गराउनेको संख्या एक महिनामा १ सय जनाको हाराहारीमा रहेको छ । असुरक्षित गर्भपतन गराउनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको अनुमान पनि यस क्षेत्रसँग सम्बन्धित बिज्ञहरुले गर्न गरेका छन् ।

सुरक्षित गर्भपतनको लागि महिला तथा किसोरीहरु गर्भपतनका लागि खुलेर आउने गरेका छन् । केहि समय पहिला प्रजनन् स्वास्थ्यको लागि सल्लाह समेत लिन असहज मान्ने महिलाहरु पछिल्ला समय खुलेर आउन थालेको सुरक्षित मातृत्वकी पब्लिक नर्स मिलन घिमिरे बताउँछिन् । उनले मकवानपुरमा सुरक्षित गर्भपतन सेवा दिन महिलाहरु बिना हिचकिचाहट आउने गरेको बताइन् । कानुनी प्रावधान अनुसार १६ बर्ष भन्दा माथिका महिलाहरु गर्मपतनको लागि आफैं आउन सक्छन् ।

त्यसो त आफुखुसी अन्यत्रबाट गर्भपतन गराउनेहरु पनि रहेका छन् । सुरक्षित रुपमा गर्भपतन गराउन सकिन्छ भन्ने ज्ञानको अभाव र सुरक्षित रुपमा गराउँदा सबैलाई थाहा हुने हो की भन्ने डरका कारण पनि अन्य स्थानबाट जोखिम मोलेर महिला तथा किसोरीहरुले गर्भपतन गराउने गरेको बताउँछन् सुनौलो भबिश्य नेपालका शाखा प्रबन्धक संजिव आले मगर ।

सामान्यतया ९ हप्ताको गर्भ रहेमा औषधिको माध्ययमद्वारा र त्यसभन्दा माथिको हकमा १२ हप्ता सम्मको गर्भपतन गराउने काम आफुहरुले गर्ने गरेको शाखा प्रबन्धक मगरले बताए । तर, कानुनी प्रावधान अनुसार १८ हप्ता सम्मको पनि बलात्कृत महिलाको केशमा गर्भपतन गराउन मिल्ने प्रावधान रहेको तर अहिले सम्म त्यस्तो केश भने नआएको समेत शाखा प्रबन्धक मगरले बताए ।

तु खबरको थप चासोको संबोधन गर्दै आले मगरले सामान्य रुपमा १ हजार ८ सय ५० सुल्क लाग्ने समेत बताए । कानूनी रुपमा गर्भपतन गराउने अनुमति पाएका केन्द्रहरुले सुरक्षित मातृत्व सम्बन्धी र महिला प्रजनन् सम्बन्धी परामर्श पनि दिने गरेका छन् ।

गर्भपतनको लागि १२ बटा सुरक्षित केन्द्रहरु रहेको र आधिकारिक रुपमा दर्ता नभएका क्लिनिक वा अन्य स्थानबाट गर्भपतन नगराउन सरोकारवालाहरुको सुझाव समेत रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...