मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०७७ माघ १०,शनिबार १४:३७
file photo

सप्तरी । सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर–बोदे बर्साइन सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सवारखडक नगरपालिका ८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात यूनिक अस्पताल रायपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार, सोही दुर्घटनामा परी मोटरसाइकल चालक खडक नगरपालिका ८ बस्ने २७ वर्षीय शनी चौधरी र पछाडि सवार १८ वर्षीय दिवेश चौधरी घाइते भएका छन् । दुवैको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*