बन्दले मकवानपुरको जनजीवन प्रभावित

मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण जनजीवन प्रभावित बनेको छ । मकवानपुरभित्र चल्ने लामो तथा छोटो दूरीको सवारी साधनहरु पूर्ण रुपमा बन्द भएका छन् । सामान्य मोटरसाइकल, अटो, मयुरी भने हेटौंडा बजार क्षेत्रमा चलेका छन् ।
मकवानपुरको मुख्य बजार क्षेत्र हेटौंडा, चौघडा, मनहरी र पालुङ र बज्रबाराहीमा बन्दको प्रभाव देखिएको छ । व्यवसायीक सटरहरु बन्द गरिएका छन् ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ४ स्थित हुमाने सडकखण्डमा बिहानै पिकप भ्यानमा विप्लवका कार्यकर्ताले आजगनी गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मनकामना चोक, बागमती गाउँपालिकाको झुरझुरे र मनहरी खोलाको बगरमा शंकास्पद बस्तु भेटिएको भएपनि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ ।