हेटौंडामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गर्यो

तु खबर संवाददाता
२०७७ माघ १०,शनिबार ०८:५३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर – २ मनकामना चोकमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

उक्त शंकास्पद बस्तु बम हो वा होइन भन्ने एकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तु खबरसंग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले शंकास्पद बस्तु डिस्पोज गरिएको र बस्तु के थियो भन्ने बारे एकिन नभएको बताए ।
उनले अब सो क्षेत्र सुरक्षित रहेकोले त्रसित नहुन आम नागरिकलाई आग्रह गरेका छन् ।

विहान ४ बजे सडकको बिचमा झोलाभित्र शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए ।
सडकबिचमा झोलामा राखिएको उक्त शंकास्पद बस्तुमा विभिन्न तारहरु जडान गरिएको थियो ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शनिवार नेपाल बन्द आह्वान गरेको कारण उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*