हेटौंडामा भेटियो शंकास्पद बस्तु, बम भएको आशंका

मकवानपुर । हेटौंडामा शनिवबार बिहानै शंकास्पद बस्तु भेटिएको छ । हेटौंडा २ मनकामना चोक (मकवानपुर बहुमुखी क्याम्पस ) नजिकै भेटिएको शंकास्पद बस्तुलाई स्थानीयहरुले बम भएको आशंका गरेका छन् ।
सडकको बिचमा ठूलो झोला बिहान ४ बजे नै देखेका हौँ –एक जना स्थानीयल भने ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ । विप्लवले आह्वान गरेको बन्दको दिन शंकास्पद बस्तु भेटिएपछि स्थानीय थप त्रसित बनेका हुन् ।
सो क्षेत्रमा प्रहरीले आवतजावतमा रोक लगाएको छ । बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिएका छन् ।