हेटौंडा अस्पतालमा आन्द्राको ट्यूमर काटेर गरिने शल्यक्रिया सफल

तु खबर संवाददाता
२०७७ माघ ७,बुधबार १६:४७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा पहिलो पटक सानो आन्द्राको ट्युमरलाई काटेर गरिने शल्यक्रिया सफल भएको छ ।

केहीदिन अघि हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ की २७ वर्षीया महिलाको २० सेन्टिमिटर लामो आन्द्रा काटेर गरिएको शल्यक्रिया सफल भएको हेटौंडा अस्पतालका मेसु डाक्टर प्रविण श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त शल्यक्रिया हेटौंडा अस्पतालमा सर्जन टिमका डाक्टर प्रविण श्रेष्ठ, डाक्टर निस्चल खनाल, डाक्टर निराजन श्रेष्ठ, र डाक्टर साजित अन्सारीले पहिलो पटक गरेका हुन् ।
३ वटा आइसीयु कक्ष विस्तार गरेसंगै अब यस्ता जटिल खालका शल्यक्रिया हेटौंडा अस्पतालमा नै हुने भएको हो ।

अस्पतालमा हाडजोर्नी, पत्थरी, एपेण्डीसाइटलगायतका जटिल तथा सामान्य शल्यक्रिया पनि हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*