बागमती प्रदेशको सातौं बैठक अधिवेशन सुरु

मकवानपुर । बागमती प्रदेशसभाको सातौं बैठक अधिवेशन सुरु भएको छ ।
आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेका छन् ।