नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुदान दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए ।
उनका अनुसार, बिहीबारदेखि नै आउने अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने छ ।