घुस रकमसहित मालपोत कार्यालय नासु पक्राउ

तु खबर संवाददाता
२०७७ माघ ७,बुधबार १४:४२
File Photo

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा उनीहरुलाई अख्तियार टोलीले ४० हजार घूस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेल स्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*