प्रदेश १ को हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र प्रदेश सभामा बाचन गरेसंगै स्थगित हुने

मकवानपुर । प्रदेश १ को हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र प्रदेश सभामा बाचन गरेसंगै स्थगित हुने भएको छ ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।
नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे अधिवेशन सुरु भएको पत्र पढेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने सहमति भएको जानकारी दिए ।