खाने तेलको मूल्य बढाउने २ उद्योगलाई कारबाही

तु खबर संवाददाता
२०७७ माघ ७,बुधबार १३:२७
file-photo

मकवानपुर । खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुई उद्योगलाई कारवाही गरेको हो । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अनुगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउँछन् । उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*