सुनको भाउ बढ्यो

तु खबर संवाददाता
२०७७ माघ ७,बुधबार १३:१८

मकवानपुर । सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।

यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*