हेटौंडा भेट्रान्स कपः आज चार खेल

तु खबर संवाददाता
२०७७ माघ ६,मंगलवार १७:५०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा जारी हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा आजको पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौ विजयी भएको छ ।

बौद्धले एविसी भेट्रान्स पोखरालाई १–० गोल अन्तरले पराजित गरेको हो । बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३० औं मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णयक गोल बन्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच पासाङ्ग लामा भएका छन् ।

त्यस्तै, दोस्रो खेलमा अभिषेक चर्च नवलपरासी र चाहविल भेट्रान्स काठमाडौंबीच भएको प्रतिस्प्रर्धामा चाबहिल भेट्रान्स काठमाडौं विजयी भएको छ । चाबहिल भेट्रान्स काठमाडौंले अभिषेक चर्च नवलपरासीलाई १–० गोल अन्तरले पराजित गर्दै विजय भएको हो ।

खेलको १० औ मिनेटमा अजब श्रेष्ठले गरेको गोलनै चाबाहिल भेट्रान्स काठमान्डौका लागी निर्णयक बनेको थियो भने चावहिलकै राजेश शाहि म्यान अफ द म्याच भएका छन ।

त्यस्तै आजैको तेस्रो खेलमा एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीचको खेलमा भनिमण्डल काठमान्डौ २(० गोल अन्तरले बिजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागी शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भएका छन ।

त्यस्तै, आजको चौथो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच खेलमा सानो गौचरण काठमान्डौले मोरङ भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नरेश श्रेष्ठ भएका छन । सानो गौचरणका लागी ३८ औं मिनेटमा नितिन गुरङ र ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका थिए ।

नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*