हेटौंडाका दुई युवक प्रहरीको फन्दामा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा जिल्ला अदालत मकवानपुरले फैसला तोकी फरार रहेको हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने २९ वर्षीय सुदिप भन्ने सुजित लामा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २२ वर्षीय युनिक लामा रहेका छन् ।
जिल्ला अदालत मकवानपुरको मिति २०६८ साल फागुन २९ गतेको फैसलाले लागूऔषध हिरोइन मुद्धामा १० महिना १७ दिन कैद तोकी फरार रहेका प्रतिवादी हेटौंडा–१ का सुजितलाई यही माघ ४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, प्रहरीले हेटौंडा–१० का युनिक लामालाई आज मंगलबार हेटौंडा–४ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मकवानपुरको मिति २०७३ साल साउन २५ गतेको फैसलाले लागूऔषध मुद्दारमा २ महिना कैद र रु २००० जरिवाना तोकेको थियो । उनलाई पनि प्रहरीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाउने कार्य भइरहेको प्रहरी जनाएको छ ।
दुबै घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।