थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ।
त्यस्तै, मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ६९ पुगेको छ।