असली एमाले मै हो – माधव नेपाल

मकवानपुर । प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले वास्तविक एमाले केपी ओली नभई आफु भएको दावी गरेका छन् ।
मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको भएपनि भ्रममा कोही पनि पर्न नहुने बताए ।
माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अव कोही छैन एमाले र माओवादी । सबै एक भैसकेको छ, नेकपा भैसकेको छ’, उनले भने । अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्ध ४० बर्षदेखिको विश्वासको जगमा अडिएको पनि बताए ।
उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।