प्रदेश १ – प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा ३३ जना

तु खबर संवाददाता
२०७७ माघ ६,मंगलवार १५:१८

मकवानपुर । प्रचण्ड– माधव समूहको प्रदेश सभा १ को संसदीय दलको बैठक सुरु भएको छ । उक्त बैठकमा ३३ जना सांसद उपस्थित भएका छन् ।
प्रदेश सभामा रहेका ९३ जना सदस्यमध्ये नेपाल कम्युनिष्ट पार्टीका ६७ जना सांसद रहेका छन् ।
आजको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड–माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि फुटको दिशातर्फ उन्मुख भएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*