बुबाको स्मृतिमा विद्यार्थीलाई स्वेटर सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थि पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरे र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुविन घिमिरेले आफ्नो बुवाको स्मृतिमा एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) सहयोग गरेका छन् ।
तीन महिनाअघि निधन भएका बुवा सुदर्शन घिमिरेको स्मृतिमा उनीहरुले मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना आधारभूत विद्यालयका एक सय जना विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् ।
घिमिरे दाजुभाईसहित आमा सुष्मा घिमिरेलगायतले विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग हस्तान्तरण गरेका हुन् ।
बुबाको स्मृति एवम् सम्मानमा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरिएको सुविन घिमिरेले बताए ।