हेटौंडा भेट्रान्स कप आजदेखि सुरु, पहिलो दिन चार खेल

तु खबर संवाददाता
२०७७ माघ ५,सोमबार १८:०७
file-photo

मकवानपुर । भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण आज देखी सुरु भएको छ । खेलको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उदघाटन गरेका हुन् ।

खेलको उदघाटन गर्दै मेयर महतले खेल क्षेत्र चलयमान गर्न भेट्रान्स कलबले गरेका गत्तिबिधिले ठुलो भुमिका निर्बाह हुने बताए । उपमहानगरपालीकाको तर्फबाट भेट्रान्स कलबले आयोजना गर्ने प्रतियोगीतामा सधै सहयोग हुने समेत उनले बताए ।

कल्बका उपाध्यक्ष नबराज बज्रचार्यको सभाध्यक्षतामा भएको उदघाटनमा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक कबिन साँगामीले प्रतियोगिताको १० गते फाईनल खेल हुने बता्रए ।

खेल क्षेत्रलाई चलयमान बनाउन प्रतियोगीताआयोजना गरेको उनको भनाई छ । यो वर्ष २० वटा टिमले प्रतियोगीतामा सहभागीताजनाएको समेत उनले बताए ।

प्रतियोगीताको पहिलो खेल आज आयोजक हेटौंडा भेन्ट्रान्स र कोल्वी भेन्ट्रान्स बीचभएको थियो । आज भएको पहिलो खेलमा आयोजक टिमले विजयी सुरुवात गरेको छ । हेटौंडाको हुप्रामा भएको खेलमा आयोजक टिमले कोल्वी भेन्ट्रान्सलाई ६-१ गोलको अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवनागोल गरेका थिएभने हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल बालकुमार गुरुग र निमालामाले १-१ गोल गरेका थिए । यो खेलको म्यानअफदम्याच कृष्ण मालाकार घोषित भएकाथिए । खेल २०-२० मिनेट गरी ४० मिनेट खेलाईएको थियो ।

यस्तै, आजको दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौंडालाई डिल्लि बजार भेट्रान्स काठमाण्डौले १–० गोलले पराजित गरेको छ । डिल्लिबजारका लागी उज्वल श्रेष्ठले गोल गरेको थिए जुन जितका लागी निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच पनि उज्ज्वल श्रेष्ठ नै घोषित भएका छन ।

त्यस्तै, आजको तेस्रो खेलमा जोरपाटि भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । जोरपाटिका लागी एकमात्र गोल दिपक लामाले गरेका थिए। प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटिका दिपक लामा भएका छन ।

आजको चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौंडाले र बीरगञ्ज युथ एकेडेमी लाई १–० गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वीरगन्ज युथका रितु शाक्य भएका छन ।

छैटौ संस्करणको प्रतियोगिताको विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*