हेटौंडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ माघ ५,सोमबार १४:२८
file photo

मकवानपुर । हेटौंडामा रोकि राखेको बसको डिकीबाट सामान झिकिरहेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित हनुमानगेट अगाडि हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको पछाडि ना ६ ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयढ मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका ५ भिष्वाका २० वर्षीय मोहम्मद कैस मिया रहेका छन् ।

त्यस्तैं, सोही ट्रकको ठक्करबाट पर्साको छिपहरमाई गाउँपालिका ५ का ३७ वर्षीय अव्जल मिया र २५ वर्षीय इसाद आलम घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ ।

प्रहरीले उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*