प्रधानमन्त्रीले संविधानलाई खोस्टाको रुपमा लिए – रामबाबु बानियाँ

तु खबर संवाददाता
२०७७ माघ ३,शनिबार १९:१४

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीको सर्वसत्तावाद र भष्ट्राचारको समेत विरोध गरिएको कांग्रेस मकवानपुरगढीले जनाएको छ । वडा नम्वर २ बाँसपानी आयोजित विरोध कार्यक्रममा पार्टीका जिल्ला सह– सचिव रामबाबु बानियाँको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै बानियाँले संविधान ओलीले खोस्टाको रुपमा लिएको र संविधान मिचेर संसद विघटन गरेको बताए । उनले प्रधानमन्त्री ओलीले चुनाव गराउन नसक्ने बताए ।

कार्यक्रममा जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा, क्षेत्र १ का सचिव सुवात सिं थिङ, क्षेत्रीय सदस्य बिष्णु प्रसाद न्यौपाने, निर्वाचित वडा अध्यक्ष आइत सिं लो, बखान सिं पाख्रिन, तरुण दल जिल्ला सदस्य राजकुमार गोले, गाउँपालिकाका तरुण दल अध्यक्ष सानुकान्छा थिङ, गाउँपालिका पार्टी सचिव रामशरण धिताल लगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*