मनहरीमा सरकारविरुद्ध प्रदर्शन

तु खबर संवाददाता
२०७७ माघ ३,शनिबार १८:५५

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएको भन्दै आन्दोलन गरिरहेको नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विरोधसभाको आयोजना गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा पनि सरकारको कदमविरुद्ध प्रदर्शन भएको छ ।

मनहरी गाउँपालिका–९ स्थित सामुदायिक वन समितिको भवनबाट निकालिएको र्याली गाउँपालिका केन्द्र रजैया चोकमा आएर सभामा परिणत भएको थियो । नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यकममा नेपाली कांग्रेसका महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानकी लामा, जिल्ला सदस्य नवराज सुवेदी, कमला मैनाली, क्षेत्रीय सल्लाहकार शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका उपसभापति मुक्तिनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमख अतिथि अर्यालले संविधानलाई मिचेर संसद विघटन गरिनु खेदजनक भएको टिप्पणी गरे ।

संविधानको रक्षा र ओलीको कदमको विरुद्धमा आफुहरुले निरन्तर आन्दोलन र विरोध गर्ने अर्यालले बताए । कार्यक्रमकैबीच ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*