प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमविरुद्ध एक हुन आह्वान

तु खबर संवाददाता
२०७७ माघ ३,शनिबार १८:४४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमका विरुद्ध एक हुन सबैलाई आह्वान गरेका छन् ।

बकैया गाउँपालिकामा आज आयोजित विरोधसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा भंग गरेर जनताको विश्वासमाथि घात गरेको बताए ।

उनले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्वसत्तावाद र असंवैधानिक कदमले खतरामा परेको संविधान र लोकतन्त्रको रक्षाको लागी सडकमा आउन बाध्य भएको बताए ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधान खतरामा परेकोले यसको रक्षाका लागी सबैलाई एकजुट हुन् उनले अपिल गरे ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर १ का संघीय सभापति एवम् बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले नेपाली कांग्रेस लोकतान्त्रिक विधि पद्धतीमा विश्वास गर्ने पार्टी भएकोले निर्वाचन भइहाले सहभागि हुन नडराउने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस बकैया गाउँपालिकाका सभापति एवम् उक्त कार्यक्रमका सभापति भूमिनन्द गौतमले लोकतन्त्रको रक्षाका लागि जुनसुकै अवस्थामा पनि पछि नहट्ने बताए ।

कार्यक्रममा नेकपा परित्याग गरी २० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*