हेटौंडा–९ मा टोल स्तरीय फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७७ माघ ३,शनिबार १५:४६
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा तेश्रो टोल विकास संस्था स्तरीय आठ ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता मकवानपुर बेरोजगार युवा संगठनको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रको खेल मैदानमा हुन लागेको हो ।

यहि माघ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नक आउटका आधारमा खेलाइने मकवानपुर बेरोजगार युवा संगठनका कार्यसमिति सदस्य एवम् प्रतियोगिताको प्रचारप्रसार उपसमिति संयोजक आसिस खतिवडाले जानकारी दिए ।

वडा भित्रका १७ वटा टोल विकास संस्थाको १८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा साबिकको बिजेता कुस्माण्ड टोल विकास संस्था र प्रगति टोल विकास संस्थाबीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद तीस हजारसहित सिल्ड मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद १५ हजारसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*