विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

एजेन्सी
२०७७ माघ ३,शनिबार १०:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ७ लाख ३५ हजार ५६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो समाचार तयार पार्दासम्म २४ घन्टाको अवधिमा १५ हजार ६३४ जनाको मृत्यु भएको वर्ल्डोमिटरले देखाएको छ।

यस्तै निको हुनेको संख्या पछिल्लो २४ घन्टामा ५ लाख ६ हजार ६७७ जना छन्।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड ४२ लाख ५६ हजार १३३ र मृत्यु हुनेको संख्या २० लाख १६ हजार २३५ पुगेको छ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा ४ लाख १ हजार पाँच सय भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*