२७० जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७० जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ भने ३९० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, देशभर हालसम्म दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९७.७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।