कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७७ माघ २,शुक्रबार १३:२९
सांकेतिक तस्बिर

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । २७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*