सापकोटाको जन्मदिनमा मामाघर नेपाल मकवानपुरलाई सहयोग

तु खबर संवाददाता
२०७७ माघ २,शुक्रबार १२:१८

मकवानपुर । सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई नगदसहित खाद्यान्न सामाग्री उपलब्ध भएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ निवासी योग्यराज सापकोटा र उनकी श्रीमती अस्मिता सापकोटाले छोरा रेयान सापकोटाको जन्मदिनको अवसर पारेर मामाघर मकवानपुरलाई नगदसहित खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।

सापकोटा दम्पत्तीले नगद ९ हजार रुपैयाँसहित चीउरा ११ केजी, दाल १० केजी, दालमोठ १० पाकेट, तेल १ कार्टुन, काउली ७ किलो, बन्दा ६ किलो, जाम ६ वटा, साग ३ मुठा, सिमि ३ केजी सहयोग स्वरुप वितरण गरेको मााघर नेपाल मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*