हेटौंडामा तेस्रो थारु माघी महोत्सव मनाईयो

तु खबर संवाददाता
२०७७ माघ २,शुक्रबार ११:३४

मकवानपुर । थारु जातिको महान पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ । सांस्कृतिक कार्यक्रमका साथमा थारुको परिकारको स्टल तेस्रो थारु माघी महोत्सवमा राखिएको थियो ।

महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो ।

महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु, नेपाली र हिन्दी गित गायन, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।

महोत्सवमा थारु भाषा, कला, संस्कृति संरक्षण एवं सम्वद्र्धनमा योगदान पु¥याएको भन्दै मकवानपुरमा कार्यरत विभिन्न जिल्लाका थारु अगुवालाई सम्मानपत्र प्रदान गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउँदै प्रवद्र्धन गर्ने उद्देश्यले विगत ३ वर्षदेखी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ ।

उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ्ग घेदुङ वागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान र नेपाल भारतमैत्री बहुप्राविधिक शिक्षालय हेटौंडाका प्रमुख रामशरण चौधरीको विशेष आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*