कांग्रेस मकवानपुरले तोक्यो माघ ३ गते हुने विरोध प्रदर्शनको लागि जिल्ला प्रतिनिधि

तु खबर संवाददाता
२०७७ पुष २९,बुधबार १५:३६

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवम् अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले माघ ३ गते गर्ने विरोध प्रदर्शन तथा विरोधसभाको लागि जिल्ला प्रतिनिधि तोकेको छ ।

कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा यही माघ ३ गते हुने विरोध प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यसैगरी, बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोर्इराला, मकवानपुरगढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यस्तै, ईन्द्रशरोबर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए्र ।

कांग्रेसको विरोधसभा कार्यक्रमअन्र्तगत माघ ३ देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरु र माघ ८ गते ७ सय ५३ स्थानीय निकायको ६ हजार ७ सय ४३ वडाहरुमै विरोध प्रदर्शन एवं विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*