मकवानपुरकी थिङको कुवेतमा मृत्यु

तु खबर संवाददाता
२०७७ पुष २९,बुधबार ०९:२३
सांकेतिक तस्बिर

मकवानपुर । वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरकी एक महिलाको कुवेतमा मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडा मकवानपुरकी सरिता थिङको मृत्यु भएको हो ।

ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनवरी आईतवार आदान अस्पतलमा उपचारकै क्रममा मृत्यु भएको नेपाली राजदूताबास कुवेतले जनाएको छ ।

थिङबिरुद्द २ बर्ष पहिले घरबाट भागेको (रनवे) मुद्दा परेको थियो । थिङ अबैधानिक रुपमा लुकेर काम गर्दै आएकी थिइन् ।

दूतावासका अनुसार अबैधानिक रुपमा भारतीय बाटो हुँदै आएको र श्रम सम्झौता पनि नगरेकाले थिङको शव नेपाल पठाउन लाग्ने खर्च परिवारले नै व्यहोर्न पर्ने जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*